काठमाण्डाै – नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेल जोरपाटीमा कोरोना सङ्क्रमणका बिरामीका लागि अक्सिजनको चरम अभाव भएको छ ।
अस्पतालले मङ्गलवार बिहान सूचना निकालेर दिउँसो ४ बजेसम्म मात्रै अक्सिजनले धान्न सक्ने भएकाले कोरोनाका बिरामी डिस्चार्ज गरिने जानकारी दिएको थियो । अस्पतालले सीसीएमसी र सरोकारवालालाई अनुरोध पनि गरेको थियो । अक्सिजन अभावमा अस्पतालमा रहेका ९० जना बिरामी जोखिममा छन् ।
दिनभरिको दौडधुपपछि सीसीएमसीको पहलमा बल्लतल्ल १३ सिलिन्डर अक्सिजन आइपुगेको र त्यसैले ९० जना बिरामीलाई पुर्याउने&nb...