सरकारलाई आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयर खरिदसम्बन्धी मापदण्ड बनाउन कार्यदल गठन

काठमाडौं। सरकारी प्रयोजनको लागि हार्डवेयर तथा सफ्टवेयर खरिद गर्दा आवश्यकपर्ने मापदण्ड तयार गर्न कार्यदल गठन गरिएको छ। मुख्यसचिव शंकरदास वैरागीको निर्देशनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,अर्थ मन्त्रालय, गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना अयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयसमेत सम्मिलित कार्यदल गठन गरिएको हो। कार्यदललाई दुई हप्तामा प्रतिवेदन बुझाउन मुख्यसचिव वैरागीले निर्देशन दिएका छन्।

सम्बन्धित सामग्री

हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन

काठमाडौँ । सूचना प्रविधिको प्रयोग र सुरक्षाका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन गरिएको छ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले सूचना प्रविधिको प्रयोग र सुरक्षालाई समेत मध्यनजर गरेर यसमा प्रयोग हुने हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड र तरिकाका सम्बन्धमा सञ्चार तथा सूचना तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा […]