रिलायन्स स्पिनिङ मिल्सको आईपिओ बुक विल्डिङबाट: मूल्य तय गर्न छलफल आह्वान

रिलायन्स स्पिनिङ मिल्सले आईपिओ निष्काशनको लागि संस्थागत लगानीकर्ताहरुसँग असार २३ गते छलफल गर्ने भएको छ । रोड सो समेत भनिने यस छलफल कार्यक्रम असार २३ गते दिउँसो सवा ३ बजे सोल्टीमोड स्थित हायात प्लेसमा हुने छ । कम्पनीले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गर्न लागेको हो । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ ।  संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुनेछ । बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

सम्बन्धित सामग्री

लाइन काटिएका उद्योगमा दैनिक करोडौं क्षति

काठमाडौं डेडिकेटेड फिडर र टंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हालसम्म नौओटा उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको छ । सामान्य भाषामा लाइन काटिदिएको छ ।  लाइन काटिएका उद्योगले अचेल दैनिक करोडौं रुपैयाँ बराबरको क्षति बेहोरिरहेको सम्बद्ध उद्यमीले गुनासो गरेका छन् । विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।  प्राधिकरणले विद्युत् आपूर्ति रोकिदिएपछि जगदम्बा स्टीलमा दैनिक २ करोड ५० लाख रुपैयाँ हाराहारी क्षति भइरहेको कम्पनी अध्यक्ष साहिल अग्रवालले बताए । ‘हाम्रो उद्योगमा दैनिक ४० मेगावाट बिजुली खपत हुन्छ । ३ हजार ५ सय मजदूरले काम गर्छन् । दैनिक २ हजार टन हाराहारी स्टील उत्पादन हुन्छ,’ अग्रवालले आर्थिक अभियानसँग भने, ‘लाइन काटिँदा उद्योगमा आश्रित मजदूरले काम गर्न पाएका छैनन् । स्टील उत्पादनको काम ठप्प छ । प्राधिकरण र उद्योगीबीचको विवाद लम्बियो भने भोलिका दिनमा औद्योगिक उत्पादनको समेत अभाव हुन सक्छ । त्यसैले बेलैमा यो विवाद सुल्झाउनतर्फ लाग्नुपर्छ ।’ प्राधिकरणले हालसम्म जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टील, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन काटेको छ ।  रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवाल प्राधिकरणको कदमले उद्योगमा काम गर्ने हजारौं मजदूर समस्यामा परेको र उद्योगहरूले दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउँछन् । उनका अनुसार रिलायन्स स्पिनिङ मिल्समा पनि ३ हजार ५ सय श्रमिक कार्यरत छन् । विद्युत् काटिएर उद्योग बन्द भएपछि अधिकांश श्रमिक घर फर्किएका छन् ।  विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी रिलायन्समा दैनिक ५० लाख रुपैयाँभन्दा बढी क्षति भइरहेको उनको दाबी छ । ‘प्राधिकरणलाई हामीले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक देऊ हामी महशुल तिर्छौं, भनिरहेकै छौं । तर, प्राधिकरणले हाम्रो कुरा सुनिरहेको छैन । कि त प्रमाण दिनुपर्‍यो हामी महशुल तिर्छौं, कि उद्योगहरूमा विद्युत् आपूर्ति पुन: शुरू गर्नुपर्‍यो,’ उनले भने । विद्युत् आपूर्ति रोकिएका सबै उद्योगमा भइरहेको दैनिक क्षतिको यकीन तथ्यांक नभए पनि सबै उद्योगले ठूलो आर्थिक क्षति बेहोरिरहेको उद्योगीहरूको दाबी छ । उद्योगीले टीओडी मीटरको तथ्यांक मागे पनि प्राधिकरणले दिन नसकिने बताइरहेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले देशमा औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने बेलामा उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्राधिकरणले फर्जी बिल काटेको भन्ने उद्योगीहरूको आरोपलाई प्राधिकरणले खण्डन गर्न सक्नुपर्छ । टीओडी मीटरमा नभएको बिल बनाएर नभएको आम्दानी कमाउनु गलत हो । उद्योगको लाइन काटेर महीनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायत सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र होइन, देशलाई नै घाटा हुन्छ । त्यसैले तत्काल टीओडी मीटरको तथ्यांक सार्वजनिक गरियोस् ।’ उनले औद्योगिकीकरणलाई सक्दो प्रोत्साहन गर्न पनि आग्रह गरेका छन् ।

कात्तिक १ पछि आईपीओ स्वीकृति ठप्प

काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन ।  कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यसपछि आईपीओ अनुमति ठप्प छ ।  नियमपूर्वक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ अनुमति दिँदा पनि बोर्डको नेतृत्व र व्यवस्थापनको आलोचना हुन थालेपछि अध्यक्ष रमेशकुमार हमालले स्वीकृति प्रक्रियामा ढिलाइ गरेका हुन् । नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दा मामिलाको सामना गर्नुपरेकाले कार्यसम्पादन नै सुस्त हुन पुगेको हमालले दाबी गरे ।  बोर्ड अध्यक्षले प्रक्रिया पूरा गरेको फाइल स्वीकृत गर्दा आलोचना भएपछि सञ्चालक समितिमार्फत फाइल स्वीकृत गराउने मनसाय अध्यक्ष हमालको थियो । उनले ‘बजारको दीर्घकालीन विकासका लागि’ आफूले अघि सारेको नीति प्रभावकारी हुने/नहुने विषयमा अहिले व्यवस्थापनसँग छलफल जारी रहेकाले सञ्चालक समितिमा उक्त प्रस्ताव पुगिनसकेको बताए ।  बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रूपमा काम भइरहेकोमा अनावश्यक आलोचनाबाट काम गर्ने कर्मचारी त्रसित भएको हमालले बताए । उनले यस्ता गतिविधिले नेपालमा सही कामको मूल्यांकन नहुने कुराको पुष्टि गर्ने समेत बताए । केही लगानीकर्ताको मागबमोजिम बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गरेपछि चाँडै नै यसको निकास खोज्नुपर्नेमा लगानीकर्ताले नै जोड दिएका छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले दोस्रो बजारको सकारात्मक गति तय गर्न आईपीओ स्वीकृति प्रक्रिया रोक्नु उचित नहुने बताए । आलोचना भयो भन्दैमा नियामक निकायले आफ्नो नियम नै उल्लंघन गरेर आईपीओ स्वीकृतिमा ढिलाइ गर्न नहुने उनको तर्क छ ।  धितोपत्रको दोस्रो बजारप्रति लगानीकर्ताको जति चिन्ता छ त्योभन्दा बढी चिन्ता र जिम्मेवारी नियामक निकायले लिनुपर्ने भएकाले बजारको भविष्यलाई ध्यानमा राखी बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई निरन्तरता दिनुपर्ने फुल्लेलले बताए ।  पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनलाई विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । बोर्डको यो प्राथमिकताकै कारण वास्तविक क्षेत्रका कम्पनीदेखि जलविद्युत् क्षेत्रका धेरै कम्पनीले आईपीओमा चासो देखाएका छन् । राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनेदेखि बुक बिल्डिङ विधिबाट समेत शेयर बेच्न दिने बाटो बोर्डले खुला गरेको थियो । लामो समयदेखि अन्योल बनेको बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने प्रक्रिया सर्वोत्तम सिमेन्टले अघि बढाएको छ । सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि यो विधिबाट आईपीओ विक्री गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा विक्री भएको आईपीओको कटअफ मूल्य ४०१ रूपैयाँ निर्धारण भएको छ । अब यो मूल्यभन्दा १० प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नेछ ।  अर्को एउटा कम्पनीले पनि बुक बिल्डिङ विधिबाट शेयर बेच्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले न्यूनतम ६०८ रूपैयाँदेखि अधिकतम ९१२ रूपैयाँमा बुक बिल्डिङ विधिबाट शेयर विक्रीका लागि २०७९ असार ३१ गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीसँगै २२ कम्पनीले आईपीओ अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने २२ कम्पनीमा अन्य समूह अन्तर्गतका ७, होटल तथा पर्यटनतर्फका २, जलविद्युत् समूहका ११, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी छन् ।