सर्लाहीमा कठ्याङ्ग्रिएर दुई सातामा दुईजनाको मृत्यु

सर्लाही : हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र  वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो।  ज्याला मजदुरी गर्ने पिडारीका रमेश मङ्सिर २४ गते मृत्य भएको हो। कान्छो छोरा १६ वर्षीय कृष्णनन्दनले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको ज्यान गएको बताए।रामभगत