काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन्।उनले सामाजिक सञ्जालमा लेख्दै अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गरेका छन्।"स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खट्टिएका स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भन्ने माग छ।’उनले लेखेका छन्।