भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। चौधरीको प्रचारमा अध्यक्ष केसी सहभागी भएको सार्वजनिक भएपछि आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो।

सम्बन्धित सामग्री

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]