एमाले वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण (फोटो फिचर)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क कमिटीले काठमाडौंमा आज आयोजित वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका सहभागीहरू । तस्बिर :न्युज कारखाना

सम्बन्धित सामग्री

मकवानपुरमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले धमाधम उम्मेदवारहरू टुङ्ग्याउन सुरु गरेको छ । एमाले मकवानपुरले आगामी निर्वाचनको लागि गाउँ र वडा स्तरमा कार्यकर्ता भेला गरेर आगामी निर्वाचनको लागि उम्मेदवारहरू छनौट प्रक्रिया सुरु गरेको हो । एमालेले स्थानीय तहको निर्वाचनको लागि जिल्लाका १० स्थानीय तहको १ सय २ वडाका वडाअध्यक्षसहित सदस्य पदका उम्मेदवार टुङ्ग्याएको हो ।वडा र पालिका कमिटीले उम्मेदवारहरू टुङ्ग्याउँदै जिल्ला कमिटीमा सिफारिससमेत गरिसकेको छ । एमालेले १० स्थानीय तहम

एमाले विध्वंशकारी पार्टी बन्यो : नेपाल

५ चैत, गोरखा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको टिप्पणी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको बताए । ‘भत्काउने काममा मात्र लागेको विध्वंशकारी पार्टी हो एमाले,’ उनले भने, ‘कस्तो बिडम्वना आफैंले […]

विभाजनपछि एमालेको पहिलो कार्यकर्ता भेला

नेपाल समाचारपत्र, काभ्रे । पार्टी विभाजन भएपछि नेकपा एमाले काभ्रेले पहिलोपटक कार्यकर्ता भेला शनिबार काभ्रेमा गरेको छ । लामो समयपछि भएको भेलामा जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही के गलत हो भन्ने कुरा छुट्याउने बेला आएको बताउनुभएको थियो । केपी शर्मा ओलीको […]

कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन कार्यकर्ता भेला– झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रूपमा निर्णय गरेपछि आफूहरू कार्यकर्ता भेला गर्न बाध्य भएको बताएका छन् ।  ललितपुरमा शुरू कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन आजको भेला आयोजना गरिएको बताएका हुन् । ‘सर्वोच्च अदालतको आदेशबाट एमाले ब्युँतिएपछि नेताहरूसँग छलफल गरेर केन्द्रीय कमिटीको बैठक राख्नुपर्नेमा बालुवाटारमा गुट बैठक राखेर जुन निर्णय गर्नुभयो, विधान अनुकुल नभएको निर्णय गरेर केपी ओलीले हाम्रो पार्टीलाई विभ...

यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा चलिरहेको छ । ललितपुरको एक होटलमा जारी भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।  खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् । भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।  भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र ...

एमाले (खनाल–नेपाल पक्ष)को कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा शुरू भएको छ । ललितपुरको एक होटलमा शुरू भएको भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।  खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् । भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।  भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र प...

झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि

काठमाडौँ । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा […]

नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ । नेपाल समूहको आज सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । नेपाल समूहले शनिबार प्रदेश र विभागमा समानन्तर कमिटी समेत गठन गरेको छ। कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताउनुभयो । भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले उल्लेख गर्नुभयो । भेलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरीत रहेको उहाँले बताउनुभयो । नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल समुहलाइ थाहै नदिई पदाधिकारी बर्खास्त गर्न, नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटीरुपमा महाधिवेशन घोषणा गर्ने लगायतका महत्पूर्ण निर्णय गराएपछि नेपाल समुहले त्यसको प्रतिकार गर्ने बताउँदै आएको छ ।

माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, ...

जुट्न नपाउँदै फुटतिर एमाले, खनाल-नेपाल समूहले बोलायाे राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं : नेकपा एमालेभित्रको विवादभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा चल्न खोजेपछि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो। केन्द्रीय कमिटीको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको उपाध्यक्ष भीम रावलले जानकारी दिए। ‘ओलीको कदम विधि प्रणाली र प्रक्रिया अवलम्बन गरेको छैन। गुटको मान्छे बोलाएर कथित निर्णय गरेको छ। सर्वोच्चको निर्णयविपरीत माओवादी केन्द्रका नेतालाई समेत पार्टीमा मनोनयन