जसपा धनुषामा विवाद- उपेन्द्र यादवलाई चुनौती दिँदै समानान्तर समिति घोषणा

उपेन्द्र यादवको निर्देशन र उपस्थितिमा चार दिनअगाडि पशुपति यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनाइयो । नवगठित समितका ७ जनाले शपथ लिएका थिएनन् । पशुपतिको नेतृत्व अस्वीकार गर्दै शत्रुधन यादवको नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।