नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन (विद्यालय) लाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज भएको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता शुक्रबार खारेज भएको हो । यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको संरचना पनि त्यहाँबाट हटाइने भएको छ ।