एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए

गुरुकुल अब कहिले सुरु हुन्छ? बारम्बार सोधिने प्रश्न। यो प्रश्न जसले रंगकर्मी सुनील पोखरेललाई घोचिरहन्थ्यो। बन्द भएको थिएटर पुन: सञ्चालन गर्न नचाहेका होइनन् उनले। तर, अभाव पैसा र जग्गाको। त्यही अभाव सधैँ गुरुकुलका लागि तगारो। सुनील गुरुकुल थिएटरका लागि दिगो स्थानको खोजीमा थिए। उनले सरकारसँग जग्गा भाडामा उपलब्ध गराइदिन भनिरहे।…