लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्र दिने डाक्टर नै नक्कली

काठमाडौं । यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीलाई निरोगिताको प्रमाण पत्र दिने डाक्टर नै नक्कली भएको प्रहरीले दाबी गरेको छ । बागलुङ प्रहरीका अनुसार यातायात कार्यालयले स्वास्थ्य परीक्षणका लागि तोकेको बागलुङ नगरपालिका-२ स्थित शंकर पोलिक्लिनिकमा व्यवस्थापन शंकाय पढेको व्यक्तिले निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो । बुधवार पक्राउ परेका धादिङको धादिङबेसी-५ का २७ वर्षीय राम अर्याल […]