डोटीका शहरमा कोरोना त्रास, गाउँमा सुनसान

विमल विष्ट, डोटी । डोटी जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छभने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका नागरिकहरु खुलमखुला रुपमा हिडडुल गर्ने तथा आफ्नो काममा व्यक्त हुने गरेका छन् । कामका लागि भारत गएका यहाँका ग्रामिण क्षेत्रका नागरिकहरु अहिले गाउँमा फर्किएपनि गाउँमा […]

सम्बन्धित सामग्री

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

कोरोना महामारी : इटहरीमा बन्द भए ९ ओटा होटल

साउन २७, सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गएको वर्षदेखि बन्द छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो ।  त्यस्तै, इटहरी ६ विपि चौक स्थित सगुन होटल यो वर्ष देखा परेको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द हुन पुगेको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो ।  यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना तथा ठूला गरी ९ ओटा होटलहरू बन्द भएको छ । यस वर्ष देखा परेको दोस्रो चरणको कोरोनाबाट साना लगानीका होटलहरू धेरै प्रभावित हुन पुगेको होटल व्यवसाय संघ इटहरीले जानकारी दिएको छ । इटहरीमा गएको वैशाखदेखि साउन सम्ममा ६ ओटा साना र ३ ठूला गरि ९ ओटा होटलहरू बन्द भएको संघले जानकारी दिएको छ ।  सरकारले जोखिमको बेला व्यवसायीको हकहितका लागि लाभ हुने र राहतको प्याकेज ल्याउन नसकेपछि लाखौ लगानी गरी खोलिएका होटलहरू धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । होटलहरूलाई विपतको बेला सरकारले ठोस नीति ल्याउनुपर्ने महतोको भनाइ छ ।  होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट नराम्रोसँग प्रभावित बनेको पर्यटन व्यवसायीहरूको पीडा पनि उस्तै देखिएको छ । सरकारले कोरोना त्रास देखाउदै अन्य क्षेत्रलाइ खुला गरिरहँदा पर्यटन क्षेत्रलाइ सञ्चालनमा रोक लगाउदै आएको छ । पर्यटन व्यवसायीहरुको करोडौ रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटहरूका लागि आकर्षक प्याकेजहरू अघि सारेर स्थापना भएका करोडौ रुपैयाँको लगानी गरिएका पर्यटकीय क्षेत्रहरू सिजनको बेला पनि सुनसान हुन पुगेका छन् । बजार व्यवसाय खोल्न अनुमति दिए जस्तै पर्यटकीय क्षेत्रहरूलाई पनि सरकारले मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।  करीब ३० करोडको लगानीमा हालै मात्र स्थापना भएको इटहरी २ स्थित इपिल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि करोडौ रुपैयाँको लगानी जोखिममा परेको सञ्चालक भिम पौडेल बताउँछन् । नेपालकै नमूना पार्क भनेर स्थापना गरेपनि सञ्चालन हुन नपाएपछि करोडौ रुपैयाँ डुब्ने खतरामा रहेको उनले बताए ।  अन्य व्यवसाय सुचारू भइरहदा पर्यटन क्षेत्रलाइ पनि स्वास्थ्य मापदण्ड बनाएर सञ्चालन गर्न पाउनु पर्ने पर्यटन व्यवसायीहरूको माग छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको लकडाउन खुकुलो हुँदै गएपनि पर्यटन क्षेत्रलाइ अझै बन्दी बनाउँदा व्यवसायीहरू मार्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एण्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् ।  सरकारले सबै नागरिकहरूलाई खोपको व्यवस्था गरी पर्यटन क्षेत्रलाइ सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीहरूलाइ तत्काल राहतको प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष विरबहादुर मगरको भनाइ छ ।

कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ । कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो ।

कोरोना त्रास र वातावरण | Nagarik News - Nepal Republic Media

जहिल्यै अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुवाँ, धुलो गुन्जिने र उड्ने शहरमा अहिले शान्त वातावरण छाएको छ । चारैतिर सफा हावा र सफा आकाश हामीले देख्न सक्छौं । अरू बेला धुवाँ र धुलोले पूरै मुख नै ढाक्ने र सास पनि फेर्न नसकिने काठमाडौंका सडकहरू स्वास्थ्य हावामा सुनसान छन् ।