नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड  नाफा कमायो

नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ ।