राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।...
नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘आठौं कमजोर’ राहदानीको रुपमा सूचीकृत भएपछि यसबारे चर्चा बढेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली राहदानीको नाम सहितको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा विश्वका शक्तिशाली राहदानीहरूको सूचीमा नेपाल ९९ औं स्थानमा परेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली राहदानीको […]
काठमाडौँ- विश्वभरको पासपोर्ट र्याङ्किङको सूचीमा नेपाली राहदानी विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल […]
४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्याङ्कमा छ । यसअनुसार र्याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]
काठमाडौंँ - नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । बेलायतको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको नेपाली पासपोर्ट सबैभन्दा कमजोर देखिएको हो । संसारभरिका पासपोर्टहरूको सर्वेक्षणले जापानी पासपोर्ट सबैभन्दा बलियो देखाएको छ । । ...
काठमाडौंँ - नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । बेलायतको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको नेपाली पासपोर्ट सबैभन्दा कमजोर देखिएको हो । संसारभरिका पासपोर्टहरूको सर्वेक्षणले जापानी पासपोर्ट सबैभन्दा बलियो देखाएको छ । । ...
चैत २८, काठमाडौं । नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ ।
बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो देखाएको हो । सूचिअनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ ।
११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू-भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ ।
अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ ।
नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ । सन् २०२१ को सूचिमा ३८ देशमा अन अराइभल भिसासहित नेपाल १०९ औं स्थानमा थियो । यस वर्षको सूचीमा जम्मा ११६ देश तथा भुभागलाई सूचीकृत गरिएकोमा यस वर्ष यो संख्या घटेर ११२ मा सीमित भएको छ ।
यस अघिका वर्ष झैं यस वर्ष पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी हो । जापानी राहदानीलाई १९२ देशमा भिसा बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । अर्थात् यात्रा गर्नु अगाडि भिसा लगाइराख्नु पर्दैन ।
तेस्रो स्थानमा फिनल्यान्ड, इटली, लक्जम्बर्ग र स्पेन छन् । चौथौमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन छन् । बेलायत पोर्चुगल, आयरल्यान्ड र फ्रान्ससँग पाँचौ स्थानमा छ । अमेरिका स्वीटजरल्यान्ड, नर्वे, न्यूजिल्यान्ड र बेल्जियमसहित विश्वको छैठौं शक्तिशाली राहदानीको सूचीमा छ । भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा ।
पछिल्लो समय चरम आर्थिक संकटका डुबेको श्रीलंका सूचीको १०३ औं स्थानमा छ । बंगलादेश र पाकिस्तान पनि क्रमशः १०४ र १०९ औं स्थानमा छ । सूचीको पुछारमा अफगानिस्तान छ ।