प्रत्येक वर्ष असार १५ गते नेपालभर राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यसैगरी यो वर्ष अर्थात् असार १५ गते पनि कोरोनाको संक्रमणलाई ख्याल गर्दै धान दिवस मनाइएको छ ।
नेपालमा राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।साथै, आजको दिन दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ ।