कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्ज कृषकहरुले नियन्त्रण लिएका छन् । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरका कृषकहरुले गोदाम घेराउ गरेर नियन्त्रणमा लिएका थिए । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको कृषि मल महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको