रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद

रौतहट : रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको  १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल