नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अमेरिकासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिवार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति बनाउन लागिएको र त्यसको लागि समय लाग्ने भएकाले अनावश्यक दबाब नदिन अमेरिकालाई भनिएको बताए ।
‘अनुदानमा आएको रकम फिर्ता होस् भन्ने हामी चाहँदैनौँ । विकासको लागि पैसा चाहिएको छ । तर, बीचका केपी...