स्थानिय तहको पाँच वर्षः फेरियो सिसाखानीको मुहार, बद्लियो विकटको परिचय

बागलुङ। सधैं दुर्गम र बिकटको संज्ञा पाइरहने बडिगाडको सिसाखानी सडक सञ्जालले घेरिँदैछ। सडक सञ्जालले घेरिएसँगै सिसाखानीले दुर्गमको आफ्नो परिचय बदलेको छ। गाउँगाउँमा सडक सुविधा पुगेको छ। ठाउँ–ठाउँमा स्वास्थ्य इकाई, स्वच्छ खानेपानी लगाएतका बिकासका योजनाहरु कतै सञ्चालित त कतै सम्पन्न भएका छन्। सिसाखानी फेरिएको छ। यसो त स्थानीय तहको निर्वाचनपछि सिसाखानीको मुहार फेरिएको हो।