जलवायु परिवर्तनसम्बन्धी बैठकमा भाग लिन वनमन्त्री यादव सेनेगल प्रस्थान

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देश समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गरेका छन्।बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रस‌ंघीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नेछन्।मन्त्री यादवको सचिवालयका अनुसार तीन दिन सञ्चालन हुने  बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किनेछन्।

सम्बन्धित सामग्री

वनमन्त्री डा. महतो श्रीलंका प्रस्थान्

काठमाडौं, १५ असोज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो फिफ्थ फोरम अफ मिनिस्टर्स एण्ड इनभाइरोमेन्ट अथोरिटिज अफ एशिया प्यासिफिक (फिफ्थ एपी फोरम) मा भाग निलको लागि श्रीलंका प्रस्थन् गरेका छन् । अक्टोबर ३ (भोलि) देखि सुरू हुने उक्त फोरममा भाग लिन मन्त्री महतो आज (सोमबार) त्यसतर्फ प्रस्थान् गरेका छन् । मन्त्री महतोलाई नेपालका […]

एलडीसी मन्त्रीहरूको सम्मेलनमा भाग लिन वनमन्त्री सेनेगलमा

अति कम विकसित मुलुक (एलडीसी) का वातावरणमन्त्रीहरूको सम्मेलनमा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव अफ्रिकी मुलुक सेनेगल गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७) अघि हरेक वर्ष एलडीसीअन्तर्गतका मुलुकहरूका वातावरण–जलवायु र वनमन्त्रीहरूको सम्मेलन हुन्छ । एलडीसीको नेतृत्व गरेको सेनेगलले उक्त सम्मेलन आयोजना गरेको हो ।

वन मन्त्री यादव यूएईमा

वन तथा वातावरण मन्त्री रमसहाय प्रसाद यादव यूएई आइपुगेका छन्। विश्व वातावरण सम्बन्धी कार्यक्रममा  भाग लिन उनी सोमबार यूएई  आएका हुन।  यूएई आएको अवसरमा जनता समाजवादी पार्टीको युएईमा रहेको  संगठनले...

वनमन्त्री बस्नेत किर्गिस्तान प्रस्थान

काठमाडौं : हिउँ चितुवा पाइने १२ देशका वन तथा वातावरणमन्त्रीहरूको बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्ति बस्नेत किर्गिस्तान प्रस्थान गरेका छन्। बैठकको अध्यक्षता नेपालका वनमन्त्री बस्नेतले गर्नेछन्। बैठक जुन १४ र १५ मा बस्दै छ। हरेक वर्ष बस्ने बैठकमा यसपालिको एजेन्डा विश्वमा हिउँ चितुवाको संख्या पहिचानका लागि गणना विधि ...