सर्लाहीमा सर्पले डसेर एक वृद्धाकाे ज्यान गयाे

सर्लाही - सर्लाहीकाे लालबन्दी नगरपालिका-१० मा सर्पले डसेर एक वृद्धाकाे ज्यान गएकाे छ । गएराति सर्पले डसेर ७४ वर्षीया  इन्द्रमाया श्रेष्ठकाे ज्यान गएकाे हाे। सर्पले डसेर बेहाेस भएपछि लालबन्दीमा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घाेषित गरेका हुन् ।