सुकुम्बासी बस्तीको जग्गा विवादमा

पुस्तौंदेखि बस्दै आएको आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि महोत्तरी भंगाहा नगरपालिका–४ बन्द्राकी जिलेभिया सदाले न्याय दिलाइदिन सबैतिर गुहार मागिसकिन् । आफ्नो तीन पुस्ताले भोगचलन गरी आएको जग्गाको लालपुर्जा अरूले नै देखाएर जग्गा छोड्नु भनेपछि उनी न्याय खोज्न हिंडेकी छन् ।