काठमाडौँ- नेपाल सरकारले जयसिंह धामीको संदिग्ध मृत्यु र भारतीय विमानद्वारा नेपाली आकाश क्षेत्रको उल्लंघनप्रति विरोध जनाउँदै भारत सरकारलाई पत्र पठाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार धामी प्रकरणमा शुक्रबार र नेपाली आकाशको उल्लंघनबिरुद्ध आइतबार कूटनीतिक च्यानलमार्फत विरोधपत्र पठाइएको हो। करिब एक महिनाअघि तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलका जवानद्वारा डोरी फुस्क्याइँदा तुइन खसी […]