काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै ४९ अङ्कले बढेको छ ।
बैंक र म्युचल फण्डबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ४८ दशमलव ७४ अङ्कले बढेर २५ सय २४ विन्दुमा पुगेको छ । आइतबार व्यापार समूहको शेयर ८२ अङ्कले, होटल समूहको २७, जलविद्युतको ५९, फाइनान्सको १६, निर्जीवन बीमाको चार सय ९०,उत्पादन समूहको ४१, अन्यको ५३, माइक्रो फाइनान्सको तीन सय ४४ र जीवन बीमा समूहको शेयर पाँच सय ७२ अङ्कले बढेको छ ।
आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । दुई सय दुई कम्पनीका एक करोड ७७ लाख ३६ हजार कित्त...