काठमाडौं। उदयपुरमा एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने २० वर्षीय पवन श्रेष्ठ रहेका छन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई पवनले वैशाख ३ गते आफ्नै घरमा लगि पटकपटक बलात्कार गरेको उजरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।