रौतहट : रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।रौतहटको गढिमाइ नगरपालिका ३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा मंगलबार अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडक खन्ड अन्तरगत जयनगरमा दुर्घटना भएको हो ।दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ।अजि बुलाहको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचजनाको घट्ना
वीरगञ्ज– रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना भएको हो। रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती आएर फर्किनेक्रममा उक्त जीप मंगलबार अहराह्न दुर्घटनामा परेको हो। जीपमा ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको गरुडाका विभिन्न अस्पतालमा तथा एक जनालाई उपचारको […]
रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जीप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ उक्त जीपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्य