भुक्तानी नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाइ

सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब रु २५ करोड रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएक