कोलाहलपूर्ण काठमाण्डौका शान्त पार्कहरु (फोटोफिचर)

काठमाण्डाै - धुवाँधुलो, भिडभाड र कोलाहलपूर्ण काठमाण्डौमा शान्त र खुला ठाउँ कहाँ होला भन्ने धेरैलाई लाग्छ । तर काठमाण्डौमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाण्डौ उपत्यकामा खुला ठाउँको महत्त्व बढेको छ । सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर काठमाण्डौका बासिन्दा घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति वि...