काठमाण्डाै - कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ ।
कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप दिन लागिएको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरिनेछ । त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा पर्सिदेखि खोप दिइने छ । यो खोप मुखबाट खुवाइन्छ । यो खोपको पहिल...