निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताए । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताएका हुन् । ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागु हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागु हुन्छ&rsqu