बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानी की १७ वर्षीया भागरथी भट्टको हत्या भएको एक हप्ता बितिसकेको छ । प्रहरी अनुसन्धान ब्यूरोदेखि जिल्ला र प्रदेशभरिकै प्रहरी जनशक्ति दोगडाकेदारमा खटिएको छ । भागरथी हत्या सम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरी दावी छ । गएको ६ दिनदेखि आफै अनुसन्धाको कमाण्ड सम्हालिरहनु भएका सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसँग अनुसन्धानको प्रगति बारे दोगडाकेदार पुगेर गोरखापत्रका समाचारदाता गोकर्ण दयालले गरेको कुराकानी