काठमाडौं : बागमती प्रदेशसभाको सभामुख पदका लागि जम्मा तीन जनाको उम्मेदवारी पेरको छ।सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन्।नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्।यसैगरी, नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सिर्जना स