काठमाडौं : नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक बोलाएको छ। यो पटकको सचिवालय बैठक काठमाडौं उपत्यकाबाहिर बस्ने भएको छ।तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो। सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन