नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई पठाउने भएको छ ।
वरिष्ठ अधिवक्ताद्वय वैद्य र पाठकलाई एमीकस क्युरीका रूपमा चयन गरिएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
यसअघि सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा पठाउने निर्णय गरिसकेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट २-२ जना...