काठमाण्डौ – ओमानमा सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक मात्रा लगाएको हुनुपर्नेछ । यस्तै अक्टोबरदेखि भिसा नवीकरणको लागि खोपको दुवै मात्रा लगाएको हुनुपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको बैठकले भिसा, खोप लगायतका विषयमा नयाँ निर्णय गरेको हो ।
यस्तै २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार नेपालमा रहेका...