बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् । भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो । &nb