काठमाडाैँ- बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पेशी बिहीबार हुँदैछ। उनलाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गरेको पुनरावेदनको पेशी आजलाई तोकिएको हो। यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसअघि भएको सुनुवाइमा उनलाई धरौटी वा साधारण तारेखमा छाड्न सन्दीपका वकिलहरूले आग्रह […]