नेपाल निकट भ्रातृ संगठनको चेतावनी : ओलीको हैकमवादी निर्णय मान्य हुँदैन

काठमाडौं : नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपाल समूह निकट १७ वटा भ्रातृ संगठनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र हैकमवादी निर्णय गरेर अरुलाई लाद्न खोजेको आरोप लगाएका छन्। १७ भ्रातृ संगठनले संयुक्त विज्ञप्ती निकाल्दै लेखेका छन्, 'नेकपा (एमाले)को अध्यक्षको रुपमा कोराना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सिंगो पार्टी पंक्तिलाई स्वयंसेवीको भूमिका निर्वाहका लागि परिचालित गर्नुपर्ने अवस्था हो। तर, उहाँ पार्टीको विधान र पद्धतिको ठाडो उल्लंघ