महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री

झापा, २२ पुस । नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष […]

सम्बन्धित सामग्री

बजारमा उपभोग्य वस्तुको अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो । शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् । नेपाल चाइना व्यापार संघका महासचिव मुकुन्द पौडेलका अनुसार टीटी सिस्टमबाट व्यापारीहरूले सोझै विदेशी उत्पादनकर्ता कम्पनीसँग सामानको अर्डर गरी केही रकम बैंकिङ सिस्टमबाट अग्रिम भुक्तान गरी यस्तो सामान मगाउन सकिन्थ्यो । बाँकी रकम सामान प्राप्त भएपछि दिने चलन थियो । तर, अहिले एलसी खोल्दा नै बैंकलाई शतप्रतिशत भुक्तानी बुझाउनुपर्ने भएकाले सामान आयातमा समस्या भएको छ । ‘एकजना आयातकर्ता ब्यापारीले १ करोड रुपैयाँको सामान आयात गर्दा थप १ करोड रुपैयाँ बैंकमा बुझाउनुपर्ने समस्याले व्यापारीहरूसँग रकम अभाव भएको छ । अधिकांश व्यापारीले नगद अभावका कारण सामान आयात गर्न नसक्दा बजारमा सामान अभाव हुन थालेको हो,’ उनले आर्थिक अभियान दैनिकसँग भने । सामान आयातका क्रममा एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बजारको अवस्था खस्किएको बताइएको छ । अहिले यस व्यवस्थाका कारण नेपाल स्वनिर्भर भएका वस्तुको हकमा समस्या नभए पनि परनिर्भर हुनुपर्ने हजारौं किसिमका वस्तुको आयातमा समस्या भएको छ । यसले गर्दा उपभोक्ताले बजारमा आफूले खोजेको सामान नपाउने अवस्था देखिएको छ । नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बजारको चक्र नै टुटेको बताए । उनका अनुसार २ करोडको सामान आयात गर्ने व्यापारीले अहिले २५ लाखको मात्रै सामान आयात गर्नसक्ने अवस्था छ । ‘पहिलो कुरा त सामान आयातमै यसको प्रभाव पर्‍यो, आयात प्रभावित भएपछि बजारमा सामानको अभाव हुनगई उपभोक्ताले आफूले खोजेको सामान पाउँदैनन् र बजारमा ब्यापार हुँदैन । ब्यापार नभएपछि पसलेसँग पैसा हुँदैन र उसले आपूर्तिकर्ता तथा आयातकर्तालाई भुक्तानी पठाउन समस्या हुन्छ । यसरी बजारको चक्र अस्तव्यस्त अवस्थामा पुगेको छ,’ उनले भने ।

महोत्तरीमा साढे ३ लाखको भन्सार छलीको सामान बरामद

महोत्तरीको जलेश्वर नगरपालिका–१, जलेश्वरबाट मंगलवार करीब तीन लाख ५६ हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाएको एपीएफले जनाएको छ ।  यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंगलबार करीब दुई लाख २४ हजार रूपैयाँ बराबरको चोरीपैठारीको सामान बरा...

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

काठमाडौं । आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ≈वात्तै घटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७ को भन्दा रू. ८७ करोडले कम हो । जुत्ताको आयात बढेको विभागको तथ्यांकले देखाएको छ । गएको वर्ष अघिल्लो आवभन्दा आयात ३५ प्रतिशतले बढेको देखिएको हो । आव २०७५÷७६ मा २ करोड २० लाख थान जुत्ता आयात भएकोमा यो संख्या गत आवमा बढेर २ करोड ९८ लाख पुगेको छ । यो विगत ५ वर्षको तथ्यांकको ठीक विपरीत हो । नेपालमा आव २०७३/७४ यता निरन्तर जुत्ताको आयात घट्दै गएको र निर्यात भने बढ्दै गएको पाइन्छ । गत आवमा आयात बढेको छ र निर्यातमा ह्रास आएको देखिएको छ । सरकारले १३ ओटा वस्तुलाई आत्मनिर्भरमुखी सूचीमा राखेको छ । त्यसअन्तर्गत जुत्ता चप्पल पनि पर्छ । औद्योगिक नीति २०६७, औद्योगिक व्यापार ऐन २०७६ र औद्योगिक व्यवसाय नियमावली २०७६ सम्म लागू गरी सरकारले आत्मनिर्भरमुखी व्यवसायलाई प्रवर्द्धन गर्ने बताएको छ । व्यवसायीहरू भने सरकारले जुत्ताचप्पल व्यवसायमा सहजीकरण र छुट्टै विशेष छूट नदिएको बताउँछन् । चितवन फुटवेयरका सञ्चालकसमेत रहेका नेपाल जुत्ताचप्पल एशोसिएशन संघका वरिष्ठ उपाध्यक्ष उत्तमप्रसाद अधिकारीले कच्चा पदार्थको आयातमा भन्सारले कुनै छूट नदिएको र अन्य राजस्व दरअन्तर्गत राखेको बताए । उनले भने, ‘सरकारबाट खास कुनै सहयोग भएको छैन, अहिलेसम्म व्यवसायीहरू आफ्नै बलबुताले यहाँसम्म आएका हुन् ।’ सरकारबाट सहजीकरण नभएको र कोभिडपछि अधिकांश जुत्ता कारखाना प्रायः बन्द जस्तै भएकाले उत्पादन घटी माग पूर्ति गर्न आयात बढेको उनको भनाइ छ । ‘जुत्ता उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय छन् तर कोभिडपछि कामदार आउन पाएका छैनन्,’ उनले भने, ‘कोभिडका कारण तथा कच्चा पदार्थसमेत आयात गर्न सहज नभएपछि उत्पादन घटेको हो ।’ अवस्था सामान्य भएपछि आगामी दिनमा जुत्ताको उत्पादन पुनः पुरानै लयमा फर्किने उनको भनाइ छ । उद्योग विभागले गत असारमा सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरूको विस्तृत अध्ययन प्रतिवेदन’ २०७८ अनुसार हाल नेपालमा ६ ठूला, १५ मध्यम, ३ सय साना र १२ सय लघु जुत्ता चप्पल उद्योगहरू छन् । उक्त अध्ययनअनुसार यस्ता उद्योगको वार्षिक जुत्ता चप्पल उत्पादन क्षमता ४ करोड ५० लाख थान रहेको छ । यी उद्योगबाट प्रत्येक्ष रूपमा ७० हजारले रोजगारी पाएका छन् ।