२५ फागुन, इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ,’ उनले भने, ‘प्रतिघरी रु सात सय […]
गलेश्वर, २ साउन । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् […]
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए।...
झापा । रासायनिक मल अभावका कारण झापामा केरा उत्पादन तथा खेतीको क्षेत्रफल घट्दै गएको छ । विगतमा ५० बिघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी घटेपछि आफूले यसपालि ३० बिघाको केराखेती मासेको बताए । शुरूमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती गरे पनि मल अभावका कारण ठूलो घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गा सम्बन्धित जग्गाधनीलाई नै फर्काएर केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाका कनकाई नगरपालिका–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमीनमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका थिए ।
किसानहरू बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश संग्रौलाले संयुक्त रूपमा फार्म सञ्चालन गरेका थिए । उनीहरूले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरू गरे पनि तीन वर्षमै लगानी समेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केराखेती मास्न थालेका हुन् ।
केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रूपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।
वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने भन्दै उनले गतवर्ष एकपटक समेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्न युरिया, डीएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने शर्तबमोजिम ५० लाख रुपैयाँ अनुदान लिएको थियो । रासस
वैशाख ३, झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् ।
यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बीघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बीघाको केराखेती मासेको बताए । शुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती शुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।
विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बीघा जमीनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।
किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् ।
केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बीघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।
वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।
फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम ५० लाख रुपैयाँ अनुदान लिएको थियो । उनले विसं २०६६/ ०७७ मा ३२ लाख रुपैयाँ र विसं २०७७/ ०८८ मा १३ लाख रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिए।
अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउनेलगायत कारण केराखेतीतर्फ किसानको आकर्षण घट्दो छ । ‘केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदारमार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन, अनि कहाँबाट नाफा हुनु’, पराजुलीले निराश हुँदै भने । उनले चिनी चम्पा र मालभोग केराको खेती गरेका छन् ।
कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/ ०७८ मा जिल्लामा १ हजार ८०० हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको बताएको छ । समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्नेलगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिए ।।
उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिए । उनका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ ।
उनले साना किसानले उत्पादन गरेको केरा विचौलियामार्फत बेच्नुपर्दा मारमा परेको बताए । रासस
उदयपुर । उदयपुरमा व्यावसायिक केराखेती बढ्दै गएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाका त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केराखेती विस्तार भएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले यस नगरपालिकाको राजाबास, बगाहा, जोगिदह, खैजनपुर, साउने, खाँबु चुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर केराखेती विस्तार गरिएको हो । चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाइ, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोनको रूपमा विकास गर्दै लगिएको नगरप्रमुख खगेन्द्रकुमार राईले पनि बताए ।
सबैभन्दा बढी केरा उत्पादन बेलका नगरपालिकाका भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्रका साथै कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमवारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरूलाई तीन वर्षदेखि केरा जोनको रूपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले बताएको छ । पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबँेसी, क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोनको रूपमा विकास गरिएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार २०७० सालसम्ममा त्रियुगा चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर पचास हेक्टर जमिनमा मात्र केराखेती हुँदै आएकोमा २०७४ सालसम्म आइपुग्दा ९१ हेक्टर जमिनमा उत्पादन हुन थालेको थियो । २०७४ पछि भने जिल्लाका मुख्य चार नगरपालिकाहरू कटारी, त्रियुगा, बेलका, चौदण्डीगढीमा केराखेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्र समेत घोषणा गरिएको थियो । रासस
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रूपमा केराखेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबालीजस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केराखेती गरिएको कृषकले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत रूपमा खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ ।
अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २ हजार ओटा केराका बिरुवा लगाएका छन् । त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । ‘खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ,’ थापाले भने ।
यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करीब २० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ ।
खाद्यबाली हुने जमीन बाझिँन थालेको अवस्थामा केराखेती उपयुक्त विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए । यहाँका कृषकले हजार केराका करीब पाँच बिरुवा लगाएका छन् । पकाएको प्रतिदर्जन १०० रुपैयाँको दरले विक्री हुने गरेको छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकको भनाइ छ ।
उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन ।
मनसुन सकिएपछि अविरल रुपमा परेको वर्षाल तटीय क्षेत्रका स्थानीयले लगाएको केरा खेतीमा ठुलो नोक्सानी पु¥याएको छ । वर्षा र बाढीले कञ्चनपुरमा डेढसय विगाहको केराखेती नष्ट भएको छ । अविरल वर्षा,...