अछाममा किशोर मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको शव उठाउन स्थानीय सहमत भएका छन् । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको शव स्थानीयसँगको सहमतिपछि घटनास्थलबाट अस्पतालमा लगिएको छ ।शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका एकजना अधिकृतले रातोपाटीलाई बताए । घटना अनुसन्धानमा परिचालित केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, रामबहादुर शाह