ओलीको आमसभा : निर्मलालाई न्याय माग्दा पक्राउ, कालो टोपी लगाउनेलाई रोक

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा सम्बोधन गरेको आमसभास्थलबाट प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खोइ ?’ लेखिएको टिसर्ट लगाउने सात युवालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

द्वन्द्वका बेला श्रीमानको हत्या भयो, न्याय अझै पाएनौं

दाङ घोराही– १४ का निर्मला थापाको श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा १० वर्षे सशस्त्र द्वन्द्वका बेला उहाँको हत्या भयो । तर अहिलेसम्म उहाँले न्याय पाउन सक्नुभएको छैन । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्याय नपाउँदा त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ …

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय लागि ११ दिनदेखि धर्ना

काठमाडौं, कात्तिक १ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई […]

न्याय माग्दै नेपालगञ्जबाट हिँडेर आएकाको माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : न्याय माग्दै बाँकेको नेपालगञ्जदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरू काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी उनीहरू न्याय माग्न काठमाडौं आएका हुन्। उनीहरुले असोज १ देखि पैदल यात्रा सुरु गरेका थिए।यसअघि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा भदै १३ देखि ३१ सम्म धर्ना दिएका थिए। उनीहरू न्याय नपाइञ्जेल नफर्किने बताएका छन्।

न्याय निरुपणमा ढिलाइ भए अपराध झनै बढ्छ : मन्त्री जोशी

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जघन्य अपराधिक घटनामा न्याय निरुपणमा हुने ढिलाइले समाजमा थप अपराध बढ्ने बताएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र मृत फेला परेकी डडेल्धुराकी अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान अझै निष्कर्षमा नपुगेको भन्दै उनले न्याय दिन ढिलाइ गर्न नहुनेमा […]

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

काठमाडौं, भदौ १ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् । मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

निर्मला हत्याको ३ वर्ष पूरा : माइतीघरमा न्याय माग्दै प्रदर्शन (फोटो फिचर)

काठमाडाैं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ। निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। २०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो।पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएक

निर्मला पन्त हत्याको तीन वर्ष पूरा, न्याय अझै अपुरो

१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्‍यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यस वर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति । […]

निर्मलालाई न्याय माग्दा पक्राउ परेका अधिकारकर्मी छुटे

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले ६ घण्टा नियन्त्रणमा राखेर छाडेको छ

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले  ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्‍न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको देउवाले बताए । देउवाले ट्वीटरमा लेखेका छन्, 'निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनी