विद्युत् व्यापारको बाटो खुल्यो : भारतद्वारा विद्युत् आयात–निर्यात कार्यविधि जारी

विद्युत् व्यापार सम्झौता भएका मुलुकले आफ्नो देशको कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको उक्त कार्यविधिसँगै नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि कानुनी आधार तय भएको छ ।