झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय वीरबहादुर गोले आइतवार मृतावस्थामा फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक्रबहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको