चितवन – चितवनमा चुनावी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावमा गठबन्धनको मर्म विपरीत उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । गठबन्धनबीच मिलेर जाने भन्ने भए पनि गठबन्धनको मर्म विपरीत आफूहरुलाई उपेक्षा गरिएको पुरीले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाले ९८ वडामध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थि...