वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिराद पत्र दायर गरेको हो । फिराद पत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्