ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको धनुषा प्रहरीले जनाएको छ ।उनीहरुलाई बिहिवार साँझ बिशेष सूचनाको आधारमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम