स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा सुमन पोखरेल

एटीएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत रुपमा चयन भएका कम्पनीले जनाएको छ। बुधबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन्। कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा सम्वेदनशीलता, कारोवारको गोपनियता र नीतिग...