औषधि बन्ने कच्चा प्रदार्थ चीनबाट आउन थालेकाले अभाव हुँदैन- व्यबसायी

औषधि बन्ने कच्चा प्रदार्थ चीनबाट आउन थालेकाले औषधिको अभाव नहुने व्यबसायीहरूले बताएका छन्  । मंगलबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कोरोना भाइरसको सन्दर्भमा आपूर्ति व्यवस्थापनमा विद्यमान स्थितिबारे अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकर घिमिरेले अहिले औषधि बन्ने कच्चा प्रदार्थ चीनबाट आउन थालेको जानकारी दिंदै औषधिको अभाव नभएको र आगामी दिनमा पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।विभिन्न सरोकारवाला निकायले अनावश्यक सामान खरिद गरी नराख्न उपभोक्तालाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले अनावश्यक धेरै सामान खरिद नगर्न आग्रह गर्नुभयो ।