नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको अतिथि बन्न चितवन नजाने भएका छन् ।
एमालेले प्रचण्डलाई महाधिवेशनको उद्घाटन समारोहमा अतिथिको रूपमा निम्ता गरेको थियो ।
तर प्रचण्ड भोलि मंसिर १० गते काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाने भएका छन् ।
एमालेको निम्तो मानेर प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष म...